Hamro Sanchar

सेयर बजार सामान्य अंकले बढ्यो , १ अर्ब ८१ करोडको कारोबार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, १७ गते


Advertisement

काठमाडौं, साउन १७-सेयर बजार आज एकल अंकले बढेको छ । नेप्से परिसूचक ९.२५ विन्दुले बढेर २०८८.८४ विन्दुमा पुगेको हो ।

अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ विन्दुमा अडिएको थियो । सो दिन १ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । आज २६९ कम्पनीको ९३ लाख ६१ हजार ७८६ कित्ता सेयर १ अर्ब ८१ करोड २४ लाख ७३ हजार ८५६ रुपैयाँमा खरिदबिक्री भयो ।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। प्रभु स्मार्ट फण्डको सेयर मूल्य १० प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो । सो कम्पनीको ११ करोड मूल्य बढिको सेयर कारोबार भयो । सानिमा बैंक लि प्रमोटर सेयर ८ करोड र प्रोग्रेसिभ फाइनान्सको ६ करोड बढि मूल्यमा कारोबार भयो ।

कारोबारमा आएका १३ उपसमूहमध्ये १० को मूल्य बढ्यो भने ३ को मात्रै घट्यो । आज ११७ कम्पनीको मूल्य बढ्दा ८१ को घट्यो भने १९ को मूल्य स्थिर रह्यो ।


प्रतिकृया दिनुहोस्