काठमाडौं, साउन ११- राजस्व अनुसन्धान विभागको टोलीले साउन ३ मा साँझ त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट बरामद गरेको करिब १ सय किलो सुन गालेको ‘प्रत्यक्ष प्रसारण’ गर्ने तयारी गरिएको छ ।
असार ३० मा हङकङबाट क्याथे प्यासेफिकको उडान मार्फत मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर सुन ल्याइएको थियो ।
राजस्व अनुसन्धान विभागले बरामद ८ पोका सुन राष्ट्र बैङ्कको टक्सार महाशाखामा पठाएको छ ।
राष्ट्र बैङ्कका अधिकारीहरूका अनुसार गालेपछि मात्रै सो सुनको परिमाण तौलिन मिल्छ । तर, गाल्ने प्रक्रिया सुरु गर्न राजस्व अनुसन्धान विभागको पत्र पठाउनुपर्छ ।
राजस्व अनुसन्धान विभागले प्रत्यक्ष प्रसारण (लाइभ) गरेर सुन गाल्ने र तौलिने तयारी गरेको छ ।