काठमाडौं, साउन ११- सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेकाे छ । आज तोलामा ८०० बढेसँगै नयाँ रेकर्ड कायम गरेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेर १ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि उच्च भाउ हुँदा छचापावाल सुनको मूल्य १ लाख १३ हजार ६०० सम्म पुगेको रेकर्ड छ ।
यस्तै तेजावी सुन तोलामा १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला १ हजार ४६५ मा कारोबार भएकोमा आज २५ रुपैयाँ बढेर तोलामा १ हजार ४९० मा कारोबार भइरहेको छ ।