काठमाडौं, साउन १०-लगातार तेस्रो दिन आज बुधवार पनि शेयर बजार घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ११ अङ्कले घटेर दुई हजार एक सय ५६ दशमलव २० विन्दुमा झरेको छ । आज फाइनान्स, म्युचल फन्ड र अन्यबाहेक अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै जाल्पा लघुवित्त र युनिलिभर नेपालको शेयर साढे छ प्रतिशतले घटेको छ ।
बजार घटेको दिन किसान लघुवित्तको शेयर १० प्रतिशतले र ग्रीन विकास बैंकको शेयर साढे छ प्रतिशतले बढेको छ । आज बजारसँगै कारोबार रकम पनि घटेको छ । ७३ लाख ९९ हजार कित्ता शेयर दुई अर्ब ४३ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै ग्लोबल आईएमईको प्रमोटर शेयर १५ करोड १२ लाख रुपैयाँमा किनबेच भएको छ ।