Hamro Sanchar

एलओडीका साहुविरुद्ध पक्राउ पुर्जी जारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २१ गते


काठमाडौं, असार २१- काठमाडौ‌ँको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका साहुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले एलओडीका साहुहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

ललितपुर प्रहरी परिसर स्रोतअनुसार उनीहरुको खोजी गरिरहेको छ । एलओडीमा छिरेकी १६ वर्षीया बालिका गत जेठ ३१ गते सानेपामा बलात्कृत भएको पाइएपछि प्रहरीले एलओडीका सञ्चालकलाई पनि कारबाहीको दायरामा ल्याएको हो ।


प्रतिकृया दिनुहोस्