Hamro Sanchar

मोटरसाइकलको ठक्करबाट चाँगुनारायणका घिमिरेको क्रममा मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, १९ गते


काठमाडौं असार १९- भक्तपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ ।

चाँगुनारायण नगरपालिका-८ का ४२ वर्षीय ज्ञानेन्द्र लोचन घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी परिसर कार्यालय भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार असार १३ गते कमलविनायकबाट जितपुर जाँदै गरेको बाग्मती प्रदेश ०२-०२६ प. ०६५३ नम्बरको मोटरसाइकलले घिमिरेलाई ठक्कर दिएको थियो । ठक्करबाट उनी गम्भीर घाइते भएका थिए ।

उपचारको क्रममा सोमबार साँझ न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका-५का २० वर्षीय राजन थापा र मोटरसाइकल पछाडि बस्ने २४ वर्षीय साजन कार्की सामान्य घाइते भएका थिए । उनीहरूको स्वास्थ्य अवस्था समान्य छ ।

मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


प्रतिकृया दिनुहोस्