Hamro Sanchar

धारिलो हतियार प्रहार गरी जेठाजुले गरे बुहारीको हत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, १९ गते


इलाम, असार १९- इलामको माई नगरपालिकामा जेठाजुले बुहारीको हत्या गरेका छन् ।

माई नगरपालिका-३ का ३९ वर्षे सन्तोष खातीले भाइबुहारी २३ वर्षीया अमृता खातीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

गएराती सन्तोषले दायाँ पाखुरा, गर्धन लगायत स्थानमा खुकुरी प्रहार गर्दा गम्भीर बनेकी अमृताको उपचारको क्रममा आज (मंगलबार) झापाको बिएन्डसी अस्पतालमा मृत्यु भएको हो ।

सन्तोष फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।


प्रतिकृया दिनुहोस्