Hamro Sanchar

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, १५ गते


काठमाडौं, असार १५- प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ गरेको छ ।

प्रहरी वृत बानेश्वरको टोलीले शुक्रबार अपराह्न उनलाई बानेश्वरबाट पक्राउ गरेको हो ।

रौनियारविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी उजुरी परेको थियो । सोही उजुरीका आधारमा रौनियारलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए ।

रौनियार काठमाडौँमा बस्ने भएकाले पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर, काठमाडौँलाई बाँके प्रहरीले अनुरोध गरिएको थियो ।


प्रतिकृया दिनुहोस्