Hamro Sanchar

माल्टा पठाइदिन्छु भन्‍दै ६ लाख रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, १५ गते


काठमाडौं,असार १५- माल्टा पठाइदिन्छु भन्‍दै रकम ६ लाख ३० हजार रकम ठगी गरेको आरोमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका-३ मदनपुर स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका-३ धापासी बस्‍ने ३८ वर्षीय युवराज लिम्बु रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालोपुलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं ताहाचल पठाइएको प्रहरीले जनाएको छ । उनले पीडितहरुलाई रोजगारीको लागि माल्टा पठाइदिने भन्‍दै रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।


प्रतिकृया दिनुहोस्