काठमाडौं, असार १५- काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा एक युवकले झुन्डिएर आत्माहत्या गरेका छन् । वडा नम्बर ७ मा रहेको गितान्जली स्कुल नजिकै आफ्नै घरमा उनले आत्माहत्या गरेका हुन् । उनि वडा नम्बर ६ मा रहेको नेपाल राष्ट्रिय निर्माण माध्यामिक विद्यालयमा कक्षा ८ पास गरेर बसेका थिए ।
दोलखा जिल्ला शैलुङ गाउपालिका वडा नम्बर ६ फस्कु निवासी १९ बर्षिय शिवकर नेपालीले गएराती झुण्डिएर आत्माहत्या गरेका हुन् । शुक्रबार बिहान पुजा कोठामा पुजा गर्न जाने क्रममा उनकी आमाले झुन्डिरहेको अवस्थामा देखेकी थिइन् ।
अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । उनको शवलाई स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा मुचुल्का उठाई पोष्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पताल पठाईएको छ ।