Hamro Sanchar

स्विमिङ पुलमा डुबेर कागेश्वरी मनोहराका एक युवाको मृत्यु, अर्का एक जनाको उपचार हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, १० गते


काठमाडौं, असार १०- स्विमिङ पुलमा डुबेर काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका एक युवाको मृत्यु भएको छ । शनिबार दिउँसो कागेश्वरी मनोहरा नगरपालिका-७ स्थित शुभ श्री वेक्वेट ब्लु हेमनको स्विमिङ पुलमा डुबेर सोहि नगरपालिका-६ मुलपानी बस्ने १९ वर्षीय प्रभाश अधिकारीको मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेर अचेत फेला परेका उनलाई पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल हुँदै सिभिल हस्पिटल बानेश्वरमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीकाअनुसार पौडी खेल्ने क्रममा अर्का एक जना युवक पनि डुबेका थिए । १९ वर्षीय सुरेन्द्र दाहालको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिकृया दिनुहोस्