Hamro Sanchar

पूर्वप्रधानमन्त्री माधव नेपालद्वारा शंखरापुरमा मस्कुलर डिस्ट्रोफीको भवन उद्घाटन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, ३० गते


काठमाडौं, जेठ ३०- पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले शंखरापुर नगरपालिका वडा नम्बर ९ को खुलालटारमा मस्कुलर डिस्ट्रोफी फाउन्डेसनको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

सोमबार एक कार्यक्रकाबिच उक्त भवनको नेपाल र जापानी राजदुतावासका प्रतिनिधि थामुरा ताकाहिरोले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । करिव २ करोड लगानीमा ६ रोपनी जग्गामा बनेको उक्त नवनिर्मित भवनबाट मस्कुलर डिस्ट्रोफीका बिरामीलाई निशुल्क फिजियोथेरापी तथा परामर्श सेवा प्रदान गरिने सो सस्थाका संचालक समाजसेवी अनिल कुमार उपाध्यायले बताए ।

मस्कुलर डिस्ट्रोफी मानव शरिरमा रहेका जिनबाट मांशपेसिमा बिकृत रुप ल्याउने एक बंशाणुगत प्राणघातक रोग हो । यो रोग लागेपछी मानव शरिरका विभिन्न अंगहरुले क्रमश काम गर्न छोड्छन् र मानिस पूर्ण रुपमा अशक्त हुन्छ ।

सो भवन निर्माणका लागि पूर्व प्रधानमन्त्री नेपालले आफु प्रधानमन्त्री हुँदा २०६५ सालमा भवन निर्माणका लागि ६ रोपनी जग्गा उपलब्ध गराएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै नेपालले मस्कुलर डिस्ट्रोफी फाउन्डेसनले समाजमा पुर्याएको योगदानको प्रशंसा गरे । साथै उनले संस्था संचालन गर्नका लागि १ लाख नगद समेत प्रदान गरे ।

सो अवसरमा जापानी राजदुतावासका प्रतिनिधि थाकुरा ताकाहिरोले जापान सरकारले नेपालका विभिन्न क्षेत्रमा गरेको सहयोग आगामी दिनहरुमा अझ बढदै जाने र यसका कारण जापानी र नेपाली जनताको सम्बन्ध अझ प्रगाढ हुने बिश्वास व्यक्त गरे ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य राजु बिस्ट तथा शंखरापुर नगरपालिकाका मेयर, उपमेयर तथा विभिन्न राजनितीक दलका कार्यकर्ताको समेत उपस्थिती थियो ।


प्रतिकृया दिनुहोस्