Hamro Sanchar

मैले घुस नखाँदा पापीहरू बौलाउन थाले, आरोप प्रमाणित भए मिनेट पदमा बस्दिन : पर्यटनमन्त्री किराती

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १४ गते


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा विरोधीहरू सलबलाएको बताएका छन् ।

पशुपति विकास कोषको जग्गा अपचलन भएको भन्दै विभिन्न टीकाटिप्पणी भएपछि त्यसलाई लक्षित गर्दै उनले आरोप प्रमाणित भए एक मिनेट पनि पदमा नबस्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला प्रमाणित गर म एक मिनेट बस्दिन !…’


प्रतिकृया दिनुहोस्