Hamro Sanchar

सरिता परियार ट्रस्ट फण्ड माथी वैधानिकताको प्रश्न !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, १४ गते


काठमाडौं, असार १४- प्रत्येक दुई वर्षमा आयोजना हुदै आएको दर्नाल अवार्ड र यो अवार्ड प्रदान गर्ने सरिता परियार ट्रस्ट फण्ड माथी वैधानिकताको प्रश्न उठेको छ । सरिता परियार ट्रस्ट फण्ड नेपालको कुनै पनि जिल्लामा आधिकारीक रुपमा दर्ता भएको छ कि छैन ? यो बिषयमा सरोकारवालाहरु अनविज्ञ छन् । यो र यस्ता राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरुले गर्ने कार्यक्रम माथि बारम्बार प्रश्न उठ्दै आएका छन् । योसंगै सरिता परियार ट्रस्ट फण्ड र यसले प्रदान गर्ने दर्नाल अवार्डको बिषयमा पनि प्रश्न उठेको छ।

नेपालमा संचालित राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरु अधिकांस नेपालमा दर्ता बिना नै संचालन हुदै आएका छन् । यसरि बिना दर्ता संचालन हुदै आएका राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरु राज्यको नियमनकारी निकायको निगरानीमा छैनन् ।

राज्यको यो कमजोर पक्षको फाइदा उठाउदै अधिकांस एनजिओ तथा आईएनजिओहरुले बिना कुनै दर्ता आफ्ना गतिबिधिहरु निर्वाद संचालन गरिरहेका छन् । यसरी बिनादर्ता संचालन भएका र आफ्ना गतिविधि संचलान गरिरहेका एनजिओ, आईएनजिओहरुले राज्यलाई बुझाउनु पर्ने कर समेत छली गरिरहेका छन् । जसका कारण राज्यले एनजिओ तथा आईएनजिओबाट उठाउन सक्ने कर रकम गुमिरहेको छ ।

यीनै मध्येको एउटा एनजिओ सरिता परियार ट्रस्ट फण्ड नेपालको कुनै पनि जिल्लामा आधिकारीक रुपमा दर्ता भए नभएको बिषयमा सरोकारवालाहरु अनविज्ञ छन् । सरिता परियार ट्रस्ट फण्डले स्वर्गीय सुवास दर्नालको स्मृतिमा प्रतेक दुइ वर्षमा ‘दर्नाल अवार्ड’ प्रदान गर्दै आएको छ ।

सामाजिक न्यायका अभियान्ता स्व.सुभाष दर्नालको स्मरणमा दर्नाल अवार्ड स्थापना गरिएको हो। सामाजिक न्यायको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्ति तथा  संस्थालाई दर्नाल पुरस्कार प्रदान गर्दै आएको छ । यो अवार्ड स्व.सुवास दर्नालकि धर्मपत्नी सरिता परियारले संचालन गर्दै आएको सरिता परियार ट्रस्ट फण्ड मार्फत हरेक २ वर्षको अन्तरालमा अगष्ट १५ का दिन ४० वर्ष मुनीका दलित युवाहरुलाई दर्नाल अवार्ड प्रदान गर्दै आएकी छन्।

अन्तर्राष्ट्रियस्तरको उक्त अवार्ड रु ५ लाख राशीको रहेको छ । हालसम्म सरिता परियार ट्रस्ट फण्डले यो अवार्ड  एक विद्यालय, दुई व्यक्ति र दुईवटा संस्थालाई प्रदान गरिसकेको छ । ट्रस्टले यो अवार्ड प्रदान गरेको दुईवटा संस्थाहरुमध्ये एउटा संस्था नेपालमा दर्ता भएको सस्था हो । अर्को संस्था भने अमेरीकामा दर्ता भएको सस्था हो । यद्यपि अमेरिकामा दर्ता रहेको सस्थाले दलित समुदायको हकहितमा कार्यरत रहदै आएको छ ।

सिन्धुपाल्चोक मेलम्चीको गरिब बस्तीको एक प्राथमिक विद्यालयलाई र क्रमशः दलित आन्दोलनका जुझारु युवाहरु कपिलवस्तुका रक्षाराम हरिजन, अछामका दुर्गा विश्वकर्मा, वैतडीकी सरस्वती नेपाली दर्नाल अवार्डबाट सम्मानित भएका छन् ।

सामाजिक तथा दलित अभियान्त सुभाष दर्नालको स्मृतिमा दिईने यो पुरस्कारको राशी नेपाली रुपैया ५ लाख रहेको छ । हरेक दुई दुई बर्समा प्रदान गरिने यो रकम सरिता परियार ट्रस्ट फण्डको नेपालमा वैधानिकता के हो ?  यो रकम सरिता परियार ट्रस्ट फण्डलाई  कहाबाट आउछ ? यस्ता एनजिओ, आईएनजिओहरु नेपालको सम्बन्धित निकायमा आधिकारिक दर्ता हुनु पर्छ कि पर्दैन ? यस्ता सस्थाको सन्चाल समिति कसरि चयन हुन्छ ? बोर्ड कसरि गठन हुन्छ ? दर्ता नभएका सस्थाहरुमा आर्थिक कारोबार कुन आधारमा हुन्छ ? आर्थिक कारोबार गर्दा नेपाल सरकारलाई यस्ता सस्थाहरुले कर तिर्छन कि तिर्दैनन ? करोडौको आर्थिक कारोबार गर्ने यस्ता एनजिओ, आईएनजिओहरुको बैंक खाता छ कि छैन ? यस्ता एनजिओ तथा आईएनजिओ हरुले नेपालमा कार्यक्रम गर्दा रकम भुक्तानी कसरि गर्छन ? चेक मार्फत गर्छन कि, नगद भुक्तानी गर्छन ? यी सस्थाहरुले कारोबार गर्ने रकम करको दायरामा आउनु पर्छ कि पर्दैन ? यी र यस्ता प्रश्न सरिता परियार ट्रस्ट फण्ड माथि मात्र होईन अन्य कैयन् एनजिओ तथा आईएनजिओहरु माथि उठिरहेको छ ।

को हुन् सुभाष दर्नाल ?

सुभाष कुमार दर्नालको जन्म वि.सं. २०३६ साल जेठ २६ गते पश्चिम पाल्पाको मुझुङ –१ पाल्पा हाल रैनादेवी छहरा गाउँपालिकामा आमा सरिता दर्नाल र बुबा डिलबहादुर दर्नालका कोखबाट जेष्ठ सुपुत्रको रुपमा जन्म भएको हो । गरिब परिवारमा जन्मिभएका दर्नालको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले अध्ययन गर्न धौँधौँ परेको थियो । उनी सानै उमेरदेखि अत्यन्तै मेहनती र पढाईमा अब्बल थिए । फलस्वरुप एस.एल.सी.मा गाउँको विद्यालय कालिका मा.वि.बाट प्रथम श्रेणीमा उत्तीर्ण भई उच्च शिक्षाको लागि बुटवल आएका थिए। पछि बुटवलमा अध्ययन गर्न र जीविका चलाउन धौधौ भएपछि काठमाण्डौं प्रवेश गरेका थिए। उनले त्यसअघि बु्टवलको दैनिक लुम्बिनी र नयाँ चुनौती साप्ताहिकमार्फत  पत्रकारिता सुरु गरेका थिए ।

दर्नालले काठमाण्डौंमा पनि चरम आर्थिक अभाव व्यहोर्नुपरेको थियो । यद्यपि साहसिक दर्नालले हरेक किसिमका अभाव र समस्याहरुलाई चिर्दै आम सञ्चार, पत्रकारिता र राजनीतिशास्त्रमा स्नातक तहसम्म अध्ययन गरेका थिए। पछि त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रमा स्नातकोत्तर तह अध्ययनकै क्रममा उनको निधन भयो ।

सुभासको दलित आन्दोलनलाई सशक्तरुपमा अगाडि बढाउन र दलित आन्दोलनका कार्यक्रमहरु गर्नेजस्ता महत्वपूर्ण निर्णय गर्न उनका मामा पत्रकार विनोद पहाडी र नेपाली दलित आन्दोलनका अग्रणी व्यक्तित्व पदम सुन्दासले  महत्वपूर्ण सल्लाह र सुझाव  दिन्थे । पत्रकारिता र सामाजिक रुपान्तरणको आन्दोलनमा सुभासलाई प्रेरित गर्ने पहाडी मुख्य पात्र थिए। दर्नालले आफ्नो जीवनलाई निरन्तर संघर्षका यात्रामा अगाडि बढाउँदै दलित अधिकार र नागरिक आन्दोलनका कार्यक्रममा सरिक हुँदै अगाडि बढे। जागरण मिडिया सेन्टरको स्थापना गरी समाजमा व्याप्त जातीय भेदभाव र छुवाछुत अन्त्य गरी सामाजिक न्याय स्थापनाका लागि क्रियाशील दर्नालले जागरण मिडिया सेन्टरको संस्थापक अध्यक्ष, शान्तिका लागि साझा अभियान (कोक्याप)को अध्यक्ष र समता फाउण्डेशनको कार्यकारी निर्देशकको रुपमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए।

त्यस्तै निरङकुश राजतन्त्रविरुद्ध २०६२/०६३ सालको लोकतान्त्रिक जनआन्दोलनमा उनले दर्जनौं मानवअधिकारवादी संस्थाको संयोजनगरी मानवअधिकार रक्षाका लागि नेतृत्वदायी भूमिका खेलेका थिए। उनको नेतृत्वकालमा दलित समुदायको अगुवाईमा सुरु भएको दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोः रेडियो जागरण ९३.६ मेगाहर्ज बुटवलमा स्थापित गर्ने र ऐतिहासिक टेलिशृङखला ‘दलन’ निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

दर्नालको मृत्यु कसरि भयो ?

दर्नाल क्यालिफोर्नियास्थित स्टान्डफोर्ड विश्व बिद्यालयमा समर रिसर्च फेलोको रुपमा अध्ययन गर्न अमेरिका गएका थिए। अमेरिकास्थित स्ट्याण्डफोर्ड युनिर्भसिटीमा ३ हप्ताको ड्रपर डिस्लुमर फेलोसिपमा अध्ययन गर्न गएका दर्नाल अध्ययन सकेर वासिङटन फर्केपछि सवारी दुर्घटनामा परी घटनास्थलमा मृत्यु भएको थियो । वासिङ्टन डिसीस्थित डलस इन्टर्नेशनल एयर्पोर्टदेखि १० माइल्स पर डलस एक्प्रेस हाइवेमा एक कार दुर्घटनामा उनको मृत्यु भएको थियो ।

दर्नाल अवार्ड स्थापनाः

सामाजिक न्यायका अभियान्ता स्व.सुभाष दर्नालको स्मरणमा दर्नाल अवार्ड स्थापना गरिएको हो। यो अवार्ड स्व.सुवास दर्नालकि धर्मपत्नी सरिता परियारले संचालन गर्दै आएको सरिता परियार ट्रस्ट फण्ड मार्फत हरेक २ वर्षको अन्तरालमा अगष्ट १५ का दिन ४० वर्ष मुनीका दलित युवाहरुलाई दर्नाल अवार्ड प्रदान गर्दै आएकी छिन।


प्रतिकृया दिनुहोस्