Hamro Sanchar

सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गरेपछि चौधरीले नागरिक उन्मुक्तिका नेताहरुलाई किन बोलाए डिल्ली बजार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, ३ गते


काठमाडौं, जेठ ३- नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गरेपछि पार्टीका नेताहरुलाई डिल्ली बजार कारागार बोलाएका छन् । सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछि चौधरीले सोही विषयमा छलफल गर्न नेताहरुलाई कारागार बोलाएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका महासचिव रतन थापाले चौधरीले सर्वोच्च अदालतको फैसलाबारे छलफल गर्न बिहान १० बजे डिल्ली बजार कारागार बोलाएकको बताए । ‘फैसला आएपछि उहाँले हामीलाई बोलाउनुभएको छ । १० बजे नेताहरु कारागार जाने कुरा छ,’ थापाले भने, ‘त्यो छलफलपछि सर्वोच्चको फैसला सम्बन्धमा धारणा आउँछ होला ।’ एक नेताहरुका अनुुसार डिल्ली बजार भेटमा संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धमा पनि छलफल हुुनेछ ।

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीयदलको बैठक पनि आजै बसेर सरकारबारे धारणा बनाउने भएको छ । संसदीय दलका नेता घनश्याम चौधरीले बैठक बस्ने कुरा भएको तर समय निश्चित भइनसकेको जानकारी दिए ।


प्रतिकृया दिनुहोस्