Skip

Hamro Sanchar

भ्रष्टाचारमा संलग्न जोकोहीलाई कारबाही हुनुपर्छ : गोकुल बाँस्कोटा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, २६ गते


काठमाडौं, बैशाख २६- नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले नक्कली भूटानी शरणार्थी सम्बन्धि भ्रष्टाचार मुद्दाको छानबिन निष्पक्ष हुनुपर्ने बताएका छन् ।

मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सांसद बाँस्कोटाले दोषीले कानून अनुसार कारबाही भोग्नुपर्ने भन्दै सरकारले मन परेकालाई लुसुक मन नपरेकालाई पक्राउ पूर्जी जारी गर्न नमिल्ने बताए ।

उनले भ्रष्टचारमा संलग्न जाेकाेहीकाे नाम आए पनि किन्तु परन्तु नभनी कुनै दबाबमा नपरी काम गर्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको बीचको भेटलाई शंकाको दृष्टिकोणले हेर्न आवश्यक नभएको सुनाए ।


प्रतिकृया दिनुहोस्