
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको खुत्रुकेको हिसाब नमिलेको बताएका छन् । मंगलबार तनहुँ १ मा भएको चुनावी सभामा सम्बोधन गर्दै थापाले सरकारको काम गर्दा केन्द्रको सरकारसँगै स्थानीय सरकारसँग लय मिल्नुपर्ने बताए ।
‘यो बेलामा हाम्रो खुत्रुकेको हिसाब मिलेको छैन । जम्मा गर्नेभन्दा खर्च गर्ने धेरै भइरहेको छ । घरजस्तै हो देश । खर्च घटाउनुपर्यो । राष्ट्र बैंक र अर्थ मन्त्राल सँगसँगै आउनुपर्छ । ब्याजदर केही दिनमा घट्छ । घटाउनुपर्छ,’ उनले भने ।
उपचुनावमा तनहुँ १ मा गठबन्धनको तर्फबाट कांग्रेसका गोविन्द भट्टाई उम्मेदवार छन् ।