Hamro Sanchar

उपत्यकाको तुवाँलो आगामी ३ दिनसम्म रहने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ४ गते


काठमाडौँ । हाल नेपालमा उच्च चापीय प्रणालीको प्रभाव रहेको छ र उक्त प्रणालीको प्रभाव अझै केही दिन वायुमण्डल स्थिर रहने देखिन्छ । साथै नेपालमा लामो समय देखि वर्षाका गतिविधिमा पनि कमी आएको हुनाले डढेलोका घटनाहरू पनि बढेको देखिन्छ।

यसको परिणाम स्वरूप उपत्यका लगायत देशका धेरै भू-भागहरूमा तुवाँलो समेत लाग्ने गरेको र सो क्रम अझै आगामी तीन दिनसम्म पनि जारी रहने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने छ।

देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ ।


प्रतिकृया दिनुहोस्