Hamro Sanchar

गाउँमा युवालाई रोजगारी दिने वाचा गरेका वडासदस्य नै कोरिया पुगे

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १५ गते


इलाम, चैत १५- इलामको देउमाइ नगरपालिका वार्ड नं ५ बाट निर्वाचित भएका वडा सदस्य रोजगारी सिलसिलामा दक्षिण कोरिया पुगेका छन् । गत सम्पन्न स्थानीय निर्वाचनमा सो वडामा एमालेबाट निर्वाचित भएका वडा सदस्य कैलास श्रेष्ठ रोजगारीका लागि कोरिया पुगेका हुन् ।

उनी २०२२ को ईपीएस भासा परिक्षा उत्तीर्ण गरेर कोरिया गएका हुन् । उनी रोजगारीको सिलसिलामा देश छाडेर कोरिया गएपछी उनको वडा सदस्यको पद रिक्त भएको छ ।

स्थानिय निर्वाचनमा वडा सदस्यमा जितेर देशमै सेवा गर्ने लक्ष बोकेका उनले कोरियालाई केही बर्ष मात्रै कर्मभुमी बनाउने बताएका छन् ।

नेपालमा सामाजिक काम गरेर मात्र गुजारा नचल्ने तथा आफ्नो आर्थिक अवस्था सुधार गर्न नसक्ने देखेर कोरिया भाषा पढेका उनले भाषा परिक्षा उतिर्ण गरेसंगै ईपिएस मार्फत कोरिया छिरेका छन् ।

आम यूवाहरुको विदेश जानुपर्ने बाध्यता हटाउने, स्वरोजगारका अवस्था सिर्जना गर्छु चुनाव जिताउनुस भन्दै चुनावमा होमिएका हरु नै वैदेशिक रोजगारी अंगाल्नु पर्ने यो अवस्था देशकै लागी दुर्भाग्यपुर्ण छ ।


प्रतिकृया दिनुहोस्