Hamro Sanchar

बेलारुसमा अलपत्र ९ नेपाली महिलालाई स्वदेश फर्काइयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १० गते


काठमाडौं, चैत १०– बेलारुसमा अलपत्र नाै जना नेपाली महिलालाई स्वदेश फर्काइएको छ । आज शुक्रवार उनीहरूलाई नेपाल फर्काइएको हो ।

नेपाल फर्काइनेमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ, मार्फा सोताङ राई रहेका छन् । उनीहरूलाई नेपाल फर्काइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले स्वदेश फर्किएपछि अब बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाव दिईन् । उनले विदेशमा पुर्‍याई अलपत्र बनाउनेहरूलाई सरकारले कारबाही गर्ने आश्वासन दिइन् ।

त्यस्तै स्वदेश फर्काइएकी पीडित सानुमाया तामाङले बेलारुसमा आफूहरूले दैनिक १२ घण्टा काम गर्नुपरेको तर भनेको पारिश्रमिक नदिएको र पीडा दिने गरेको बताइन् । उनले नेपालबाट जाँदा एजेन्टहरूले डलरमा पैसा दिने भने पनि बेलारुसमा गएपछि बेलारुसी रुबेल ७५ रुपैयाँ दैनिक पाउने गरेको बताइन् ।

उनीहरू टिकटक लाइभमा आएर स्वदेश फर्काइदिन आग्रह गरेपछि नेपालबाट स्वदेश फर्काउने प्रयास भएको हो ।


प्रतिकृया दिनुहोस्