Hamro Sanchar

राष्ट्रपति पौडेलले आज शपथ ग्रहण गर्दै, आजै शीतल निवास सर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, २९ गते


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आजै बोहोराटारस्थित निजी निवासबाट शीतल निवास सर्ने भएका छन् । पौडेलले आज दिउँसो १ बजे शपथ ग्रहण गर्ने कार्यक्रम छ । त्यसपछि उनी शीतल निवासमै रहने राष्ट्रपति कार्यालयले जनाएको छ ।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आजै शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवासमा सर्नेछिन् । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

उनले आफ्ना प्रतिस्पर्धी नेकपा ९एमाले०का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका हुन् ।
चुनावमा पौडेलले ३३ हजार ८०२ र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेका थिए ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नपाउने संविधानमा उल्लेख छ ।


प्रतिकृया दिनुहोस्