Hamro Sanchar

सत्ता गठबन्धनको बैठक बालुवाटारमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, २७ गते


काठमाडौं । सत्ता गठबन्धनका दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो । बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्नेछ । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ । उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झालगायत आकांक्षी छन् ।


प्रतिकृया दिनुहोस्