
काठमाडौं । कम्तीमा पनि चार हजारभन्दा बढी साधुसन्तको एकै साथ विदाइ गरिएको छ। शिवरात्रिका लागि पशुपतिनाथ आएका साधुसन्तहरुलाई दक्षिणा दिएर विदाइ गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।
उनका अनुसार शिवरात्रिका लागि पशुपतिनाथमा आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित पाँच सयदेखि ८ हजार रुपैयाँसम्म दक्षिणा दिइन्छ। भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार विदाइ गर्ने चलन छ।
कम्तीमा पनि चार हजारभन्दा बढी साधुसन्त पशुपति आएका थिए।