Skip

Hamro Sanchar

अर्घाखाँचीमा ४७ फिट अग्लो त्रिशूल स्थापना

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २८ गते


अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा घोचेखोलामा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूलस्थापना गरिएको छ । सन्धिखर्क नगरपालिका २ घोचेखोलाको शिवालय क्षेत्रमा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूल आज बिहीवार वैदिक विधिपूर्वक पुजाआजा गरी स्थापना गरिएको हो ।

धार्मिक पर्यटक भित्राउने उद्देश्यले त्रिशूल स्थापना गरिएको स्थानीय रामु केसीले बताउनुभयो । सन्धिखर्कबाट नजिकै प्राकृतिक मनोरम वातावरणमा रहेको यस शिवालय क्षेत्रमा शिवरात्रीको दिन विशेष पूजाआजा तथा दैनिक पूजा हुँदै आएको छ ।

यसअघि दाङमा साढे ४१ फिट अग्लो र पाल्पाको भैरवनाथ मन्दिरमा ३५ फिट अग्लो त्रिशूल स्थापना भइसकेको छ ।


प्रतिकृया दिनुहोस्