Hamro Sanchar

प्रचण्ड भन्छन् : माओवादी र मलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पारियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १० गते


Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चौतर्फी घेराबन्दीमा परेको बताएका छन् । आइतबार बिहान माओवादी केन्द्रका उच्च नेताहरुसँग प्रचण्डले राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिहरुबाट आफू र आफ्नो पार्टी घेराबन्दीमा परेको बताएका हुन् ।

चौतर्फी घेराबन्दीमा परेका कारण कांग्रेस सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीमा समर्थन गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएकोसमेत उनले बताएको माओवादी केन्द्रका एक नेताले अन्नपूर्णलाई जानकारी दिएका छन् ।

आफूलाई घेराबन्दीमा पारेर प्रधानमन्त्रीबाट रोक्न चौतर्फी प्रयास भइरहेको प्रचण्डको भनाई छ । बिहानको आन्तरिक छलफलमा नेकपा माओवादी केन्द्रले कांग्रेसले प्रधानमन्त्री नदिए एमालेसँग समेत छलफल अघि बढाउने तयारी गरेको छ । तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना टर्दै गएको बताएका थिए ।


प्रतिकृया दिनुहोस्