चितवन । विगत लामो समयदेखि नोक्सान व्यहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुने गरी अन्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएका थिए । नेपाल लेयर्स कुखुरापालक संघले मंगलबार (मंसिर २३)देखि लागु हुने गरी अन्डाको नयाँ मूल्य कायम गरेको छ ।...
काठमाडौं । श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले आफ्नै पार्टी चुनाव जित्ने र सरकार गठन गर्ने दाबी गरेका छन् । आज काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले उक्त कुरा आफूहरूले घोषणापत्रमा नै लेखेको बताए । ‘जेनजीको आन्दोलनमा भएको तर नबोलिएको एउटा सत्य के हो...
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एक व्यक्ति दुईपटक मात्रै अध्यक्ष बन्न पाउने व्यवस्था कानुनमै गर्नुपर्ने बताएका छन् । पार्टीको ११औँ महाधिवेशनमार्फत केपी शर्मा ओली अध्यक्षमा तेहेरिन खोजीरहेको सन्दर्भमा पाण्डेले उक्त टिप्पणी गरेका हुन् । एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बन्न नपाउने व्यवस्था कानुनमा गर्नुपर्छ, आज वरिष्ठ उपाध्यक्ष...