काठमाडौं, असोज ७- काठमाडौं कागेश्वोरी मनोहरा नगरपालिका वडा नम्बर-६ मा रहेको नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा प्रकाश फुयाल चयन भएका छन् । सोहि वडाका वडाध्यक्षसमेत रहेका फुयाल विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बनेका हुन् ।
विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम पहाडीकाअनुसार विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष चुन्न गत भदौ २१ गते सम्पन्न अभिभावक भेलाबाट ४ जना, नगर शिक्षा समितिबाट २ जना र वडा कार्यालयबाट १ जना सिफारिस गरिएको थियो । ती नै ७ जनामध्येबाट फुयाल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।