Hamro Sanchar

महिलालाई एसिड छ्यापिदिन्छु भन्दै भिडियो बनाउने युट्युवर पक्राउ, को हुन् उनी ?

प्रकाशित : २०७९ साउन, १० गते


काठमाडौं, साउन १०- महिलामाथि एसिड हान्ने भिडियो बनाउने युट्युवर प्रदिप भुसाल भनिने पूर्णचन्द्र भुसाल पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइवर ब्यूरोबाट खटिएको टोलीले साउन ९ गते कावासोती नवलपरासीबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट साउन १० गते दिन ७ म्याद थप अनुमती अनुसन्धान थालेको छ ।

युट्युवर भुसालले ‘बदमास केटा’ नामक युट्युव च्यानल सञ्चालन गरी बाटोमा हिँडिरहेकी महिलाको साथमा भएको पैसा, मोवाइल, गर गहना दिनुस् नदिएमा एसिड हानिदिन्छु भन्दै एक महिलालाई आतंकित बनाएको प्रहरीको भनाइ छ । उनले महिलामाथि अति सम्वेदनसिल बस्तु एसिड जस्तो घातक पदार्थ प्रयोग गर्छु भनी समाजमा नकारात्मक सन्देश फैलाउने खालको भिडियो बनाई पोष्ट र अपलोड गरेका थिए ।

नवलपरासी साबिक देउराउली गाविस वडा नम्बर ४ वतन भइ हाल नवलपरासी बर्दाघाट सुस्ता पूर्व, हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी टोल बस्ने २६ वर्षका भुसाललाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भई जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वको सहयोगमा ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको साईवर ब्यूरोका उप–निर्देशक प्रहरी उपरीक्षक पशुपति कुमार रायले जनाएका छन् ।


प्रतिकृया दिनुहोस्