बैतडी, साउन १०- बलात्कारको आरोप वडाअध्यक्ष कारागार चलान भएका छन् । बैतडीको मेलौली नगरपालिका-१ का वडाअध्यक्ष सरदसिंह नेगी बलात्कार आरोपमा कारागार चलान भएका हुन् ।
जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । एक २८ वर्षीया महिलालाई गत २०७८ चैत्र १५ गते बलात्कार गरेको आरोपमा वडाअध्यक्ष नेगीसँगै सोही ठाउँका केशवसिंह नेगीलाई असार १४ गते पक्राउ गरिएको थियो ।
वडाअध्यक्ष नेगीसँगै सोही ठाउँका केशवसिंह नेगीलाई पनि पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
पीडित महिला परिवारकै संरक्षण रहेकी छन् । वडाअध्यक्ष सरदसिंह नेगी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा मेलौली नगरपालिका वडा नं. १ को अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।