Hamro Sanchar

तीनकुनेकाे कल सेन्टरमा छापा, चिनियाँसहित ४१ जना पक्राउ

प्रकाशित : २०७९ साउन, ९ गते


Advertisement

काठमाडौं, साउन ९- प्रहरीले तीनकुनेको गैरिगाउँमा घर भाडामा लिई कल सेन्टरका नाममा अवैध धन्दा चलाउने एक चिनियाँ नागरिकसहित ४१ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा १४ महिला र २७ पुरुष रहेको बताइएको छ । पक्राउ परेका ८ जना प्रहरी वृत्त, गौशाला र अन्यलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डपमा लगिएको छ । गौशाला प्रहरी वृत्तमा कार्यालयमा छापा मार्दा प्रहरीलाई बाधा गर्ने ८ महिलालाई लगिएको छ ।

स्काई वर्ड सर्भिस प्रा.लि.को नाममा कल सेन्टर सञ्चालन गरेर अवैध धन्दा चलाउदै आएको सूचनाको आधारमा सोमबार काठमाडौं प्रहरी, नगर प्रहरी, प्रहरी वृत्त गौशाला र बानेश्वरले संयुक्त अपरेशन चलाएको थियो ।

प्रहरीले उनीहरूको साथबाट आठ लाख २९ हजार रुपैयाँ, ३६२ थान ल्यापटप, ७४८ थान डेस्कटप कम्प्युटर र एक थान डिभिआर बरामद गरेको जनाएको छ

उनीहरूले कार्यालय सञ्चालन गरेर सर्वसाधारणलाई धाक, धम्की दिई, व्यक्तिगत गोपनीयता ह्याकिङ गरी ब्ल्याकमेलिङ गरेको आरोप छ ।

आइतबार बुटवलबाट चिनियाँले सञ्चालन गरेको कल सेन्टरबाट सञ्चालकसहित डेढ सय युवायुवतीहरु पक्राउ परेका थिए ।


प्रतिकृया दिनुहोस्