Hamro Sanchar

भारतबाट १६ रूपैयाँ घटेर आयो पेट्रोलको मूल्य, आयल निगम के भन्छ ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, १ गते


काठमाडौं, साउन १- भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेसँगै भारतीय आयल कर्पोरेसन आईओसीबाट पनि नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ ।

पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

भारतबाट भाउ घटेर आए पनि अझै निगम घाटामा रहेकाले तत्कालै भाउ घट्ने सम्भावना नरहेको निगमले जनाएको छ । आयल निगमले अझै आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ ।


प्रतिकृया दिनुहोस्