Hamro Sanchar

नेपाल प्रहरीले सुपारी भारत पठाउन खोज्दा सशस्त्रले रोक्यो, भयो यस्तो लफडा

प्रकाशित : २०७९ असार, २३ गते


झापा, असार २३- झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच झडप भएको छ । झापाको मेचीनगर नगरपालिका स्थित काँकडभित्तामा नाकामा बुधबार राति दुई सुरक्षा निकायबीच झडप भएको हो । नेपाल प्रहरीले सुपारी भारत पठाउन खोज्दा सशस्त्रले रोकेपछि झडप भएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच नाकामा धकेलाधकेल भएको थियो ।

नेपाल प्रहरीले तस्करसँगको मिलेमतोमा सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेको र त्यसक्रममा नेपाल प्रहरीले सशस्त्रमाथि हातपात गरेको बताइएको छ ।

ड्युटीमा रहेका सादा पोशाकका नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच चिनजान नहुँदा सामान्य बिबाद भएको झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले बताए ।


प्रतिकृया दिनुहोस्