Skip

Hamro Sanchar

खोलाले बगाएर ल्याएको शव प्रहरीले निकाल्यो

प्रकाशित : २०७९ असार, २३ गते


मोरङ, असार २३- मोरङको जहदा गाउँपालिका–३ हात्तीबन्दामा खोलाले बगाउँदै गरेको अवस्थामा आज (बिहीबार) बिहान एउटा शव फेला परेको छ ।

सिंघिया खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा अन्दाजी ४०/४५ वर्षका पुरुषको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार खोलाले मानिसलाई बगाइरहेको देखेपछि बिहान ७ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।

मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक मोहन पोखरेल नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । खोलाबाट बाहिर निकालेर शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल ल्याउने तयारी गरिएको डीएसपी श्रेष्ठले बताए । उनका अनसार शव सडेर दुर्गन्धित भएको अवस्थामा भेटिएको छ ।


प्रतिकृया दिनुहोस्