दोलखा, असार १६- दोलखाको शैलुङमा बाल्टिनमा भरेर राखेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । शैलुङ गाउँपालिका वडा नम्बर ८ का बसन्त बहादुर भुजेलको १९ महिनाका छोरा भुपेन्द्र भुजेलको मृत्यु भएको वडाअध्यक्ष धन बहादुर तामाङले हाम्रो संचारलाई जानकारी दिए ।
खेल्दै जाने क्रममा शौचालयमा राखिएको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको बताइएको छ ।