काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आज सन्दीप लामिछानेको कप्तानीमा टोली सार्वजनिक गरेको हो।
टोलीमा आसिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, करण केसीलगायत खेलाडी समेटिएका छन्।
मंसिर १८ देखि पुस ६ गतेसम्म नेपालमै आयोजना हुने प्रतियोगितामा आठ टोली सहभागी हुनेछन्। नेपालले पहिलो खेल मंसिर १८ गते इटालीसँग खेल्नेछ।
नेपालले प्रतियोगितामा इटाली, युगाण्डा, यूएई, जर्सी, क्यानडा, नामिबिया र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालका सबै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्।
प्रतियोगिताको अंकतालिकामा शीर्ष चार स्थानमा रहने टोली अर्को चरणमा प्रवेश गर्नेछन्।

























