Skip

Hamro Sanchar

राष्ट्रपतिसँग रवि लामिछानेको भेट, सरकार र अध्यादेशबारे छलफल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ११ गते


Advertisement

११ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

शीतलनिवासमा भएको भेटमा सरकार, संसद्, अध्यादेश र समसामयिक राजनीतिक विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।

यसअघि बिहीबार लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच बुढानीलकण्ठमा पाँच घण्टा लामो छलफल भएको थियो।

सरकारले सिफारिस गरेका दुई अध्यादेश राष्ट्रपति पौडेलले अझै जारी नगरी रोकेर राखेका छन्।


प्रतिकृया दिनुहोस्