काठमाडौं । जिम्मेवारीअनुसारको काम समयमै सम्पन्न नगर्ने सात निर्माण कम्पनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न सरकारी निकायको सिफारिसमा ती कम्पनीलाई एक वर्षदेखि अढाई वर्षसम्मका लागि कालो सूचीमा राखेको जनाएको छ।
कालो सूचीमा परेका कम्पनीले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ अनुसार उनीहरूमाथि कारबाही गरिएको हो।


























