Skip

Hamro Sanchar

अब स्वास्थ्य बीमा कार्डको फोटोकपीबाटै उपचार गर्न पाइने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ९ गते


Advertisement

९ मंसिर,काठमाडौं । स्वास्थ्य बीमा कार्डको सक्कल प्रति साथमा नभए पनि अब फोटोकपी देखाएर उपचार सेवा लिन पाइने भएको छ।

स्वास्थ्य बीमा बोर्डले आज सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र जारी गर्दै भौतिक कार्ड, डिजिटल कार्ड वा फोटोकपीका आधारमा सेवा उपलब्ध गराउन निर्देशन दिएको हो।

बोर्डका अनुसार फोटोकपीमा उल्लेखित विवरण स्पष्ट देखिएमा स्वास्थ्य बीमा नम्बरमार्फत बीमितको पहिचान पुष्टि गरी उपचार सेवा दिनुपर्नेछ।

साथै, कार्डको सक्कल प्रति नभएको कारण देखाएर मात्रै बीमितलाई उपचारबाट वञ्चित नगर्न बोर्डले स्वास्थ्य संस्थालाई आग्रह गरेको छ।


प्रतिकृया दिनुहोस्