सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज पाँच विधामा प्रतिस्पर्धा हुँदैछ।
सुर्खेतमा पुरुष फुटबल, महिला क्रिकेट र महिला बास्केटबलका खेल सञ्चालन हुनेछन्।
त्यस्तै, बाँकेको नेपालगन्जमा पौडी तथा बर्दियामा टेनिस प्रतियोगिता आयोजना हुनेछ।
कर्णाली प्रदेशमा पहिलोपटक आयोजना भइरहेको राष्ट्रिय खेलकुद प्रतियोगिताले विभिन्न खेलका खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गरेको छ।
























