काठमाडौं । वैदेशिक रोजगारीका नाममा श्रमिकसँग ठगी गरी गैरकानुनी रूपमा मलेसिया पठाएको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
पक्राउ पर्नेमा पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित श्रम मन्त्रालयका तत्कालीन सचिव तथा अन्य चार कर्मचारी छन्।
उनीहरूमाथि ठगी र संगठित अपराधसम्बन्धी कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ।
यसअघि उनीहरूलाई चार दिन हिरासतमा राख्न अनुमति दिइएको थियो।

























