Skip

Hamro Sanchar

स्थानीय चुनावमा संघीय निर्वाचनको जस्तो हुरी चल्दैन : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ८ गते


Advertisement

८ मंसिर काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनमा जस्तो राजनीतिक लहर नचल्ने बताएका छन्।

मंगलबार तनहुँमा पार्टीको जागरण अभियानअन्तर्गत आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले स्थानीय चुनावमा उम्मेदवारको इतिहास, पृष्ठभूमि र कामको मूल्यांकन गरेर जनताले मतदान गर्ने बताए।

नयाँ राजनीतिक दलका गतिविधि र कामबारे नागरिकले विस्तारै बुझ्दै गएको उल्लेख गर्दै प्रचण्डले गाउँगाउँमा पार्टीको पक्षमा जनमत बनाउन नेता–कार्यकर्तालाई सक्रिय हुन आग्रह गरे।

स्थानीय तहको निर्वाचनमा पार्टीले मेहनत गरेर राम्रो नतिजा ल्याउन सके देश फेरि क्रान्तिको दिशामा अघि बढ्ने उनको दाबी थियो।

 


प्रतिकृया दिनुहोस्