Skip

Hamro Sanchar

असमान सन्धि र सीमा विवादमा प्रगति नभए पनि बालेनको भारत भ्रमण सन्तोषजनक : बाबुराम

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ८ गते


Advertisement

काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमणलाई समग्रमा सन्तोषजनक र सकारात्मक सुरुवातको रूपमा मूल्यांकन गरेका छन् ।
भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै असमान सन्धि, सीमा विवाद र आर्थिक परनिर्भरताजस्ता लामो समयदेखि थाती रहेका विषयमा ठोस प्रगति हुन नसकेको बताएका छन् ।
यद्यपि, भ्रमणका क्रममा भएका २४ बुँदे संयुक्त वक्तव्य, ८ वटा समझदारीपत्र, द्विपक्षीय भिजन डकुमेन्ट, विभिन्न ६र६ वटा परियोजनाको उद्घाटन तथा घोषणा र आर्थिक प्याकेजलाई उनले सकारात्मक उपलब्धिका रूपमा लिएका छन

उनका अनुसार पछिल्लो समय नेपाल–भारत सम्बन्धमा देखिएको अन्योल र आशंका हट्दै नयाँ सकारात्मक सुरुवात हुन खोजेको संकेत भ्रमणले दिएको छ । दुवै देशका प्रधानमन्त्रीको व्यवहार र एकअर्काप्रति प्रयोग गरिएका शब्दले पनि दुई देशबीच कूटनीतिक न्यानोपन बढेको आभास दिएको उनको भनाइ छ ।
तर, भट्टराईले पुराना संरचनात्मक समस्या पूर्ण रूपमा समाधान भइनसकेको भन्दै भविष्यमा ती विषय पुनः बल्झिन सक्नेप्रति सचेत गराएका छन् । अहिले भएका सहमति र प्रतिबद्धता कार्यान्वयन गर्नु पनि चुनौतीपूर्ण रहेको उनले औँल्याएका छन् ।
नयाँ सरकार र युवा प्रधानमन्त्रीका लागि संवेदनशील परराष्ट्र सम्बन्धको क्षेत्रमा भएको उपलब्धिलाई सकारात्मक रूपमा लिनुपर्ने उल्लेख गर्दै भट्टराईले प्रधानमन्त्री बालेन शाहलाई बधाई दिनु उचित हुने बताएका छन् ।


प्रतिकृया दिनुहोस्