काठमाडौं । विपद्को पूर्वसूचना नागरिकसम्म तत्काल पुर्याउने उद्देश्यले सरकारले नेपालमै विकसित ‘सेल ब्रोडकास्ट’ प्रणालीको प्राविधिक परीक्षण गर्ने भएको छ।
गृह मन्त्रालयका अनुसार सोमबार साँझ ५स्३० बजेदेखि काठमाडौंका केही क्षेत्रमा नेपाल टेलिकमसँगको समन्वयमा परीक्षण गरिनेछ।
द्दन् मोबाइल नेटवर्कमार्फत परीक्षण हुँदा निश्चित क्षेत्रका मोबाइलमा अलर्ट ध्वनिसहित सन्देश आउन सक्नेछ।
मोबाइलमा नेपाली र अंग्रेजी भाषामा ‘यो परीक्षण सन्देश हो’ (TEST ALERT) लेखिएको सूचना आउनुका साथै एउटै सन्देश पटक(पटक प्राप्त हुन सक्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले यस्तो अलर्ट आएमा नआत्तिन र कुनै प्रतिक्रिया वा कारबाही नगर्न आग्रह गरेको छ। यो वास्तविक विपद्को सूचना नभई प्राविधिक परीक्षण मात्रै हो।
सेल ब्रोडकास्ट प्रणालीमार्फत भविष्यमा भूकम्प, बाढी, पहिरो लगायतका विपद्का बेला जोखिम क्षेत्रमा रहेका नागरिकलाई तत्काल चेतावनी तथा सुरक्षा सूचना पठाउन सकिनेछ।

























