५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजका बलर रिजन ढकालले कार जितेका छन्।
प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएका ढकालले १७ विकेट लिँदै ओमोडा एन्ड जेकोको कार हात पारेका हुन्।
यसअघि पहिलो संस्करणमा दीपेन्द्रसिंह ऐरी र दोस्रो संस्करणमा रोहित पौडेलले कार जितेका थिए।
























