५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा उपाधिका लागि भिडिरहेका लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको हो।
लुम्बिनीका कप्तान रोहित पौडेलले ३० रन, निरोशन डिकवेलाले २८ र डार्सी सर्टले २१ रन बनाए।
दिलिप नाथ ३९ रनमा अविजित रहँदा अली शेखले २४ रनको योगदान दिए।
सुदूरपश्चिमका स्कट कुगलेजिनले २ विकेट लिए भने हेमन्त धामी, थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट झारे।
लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा छ भने साविक विजेता लुम्बिनी दोस्रो पटक उपाधि उचाल्ने लक्ष्यमा छ।

























