Skip

Hamro Sanchar

पहिरोको जोखिमले नागढुंगा–मुग्लिन सडक दैनिक ५ घण्टा बन्द हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ४ गते


Advertisement

काठमाडौँ । घोप्टेभीरमा निरन्तर पहिरो खस्न थालेपछि नागढुंगा–मुग्लिन सडकखण्ड शनिबारदेखि दैनिक पाँच घण्टा बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडकमा आवागमन रोक्ने जनाएको हो।

घोप्टेभीरमा बिहीबार खसेको पहिरो अझै नरोकिएपछि सडकमा जोखिमयुक्त ढुंगा र माटो हटाउन यातायात बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिएका छन्।

सडक बन्द रहने अवधिमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।

पहिरो निरन्तर खसिरहेकाले हटाउने कामसमेत कठिन भइरहेको प्रशासनले जनाएको छ। पहिरो पन्छाउने काम सम्पन्न भएपछि मात्रै सडक आवागमन नियमित गरिनेछ।

 

 


प्रतिकृया दिनुहोस्