Skip

Hamro Sanchar

‘निर्वाचनमा सरकार कसैलाई चिन्दिनँ भनेर पन्छिन पाउँदैन’ : गगन थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ४ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउने मुख्य जिम्मेवारी सरकारकै हुने बताएका छन्।

आज निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभा निर्वाचनबारे राजनीतिक दलका नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले आयोगको मात्रै जिम्मेवारीमा निर्वाचनको निष्पक्षता सुनिश्चित हुन नसक्ने धारणा राखेका हुन्।

उनले अन्य समयमा सरकारले प्रतिपक्ष वा कुनै राजनीतिक दललाई नचिनेको भन्दै काम गर्न सक्ने भए पनि निर्वाचनका बेला त्यसरी पन्छिन नमिल्ने बताए।

भदौ २३ र २४ को घटनापछि उत्पन्न राजनीतिक रिक्तताका बीच निर्वाचन सम्पन्न गर्न तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले दलहरूसँग गरेको संवाद र वातावरण निर्माणको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

स्थानीय तह र प्रदेशसभा निर्वाचनको मिति, तयारी र शान्तिपूर्ण वातावरणबारे सरकारले राजनीतिक दलहरूसँग समयमै छलफल गरी आवश्यक निर्णय लिनुपर्नेमा उनले जोड दिए ।

 

 


प्रतिकृया दिनुहोस्