काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई मन्त्रिपरिषद्ले औपचारिक स्वीकृति दिएको छ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमणसँगै भ्रमण टोलीका सदस्यहरूको नामसमेत टुंगो लगाएको हो।
सञ्चार तथा सूचनामन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै भ्रमण स्वीकृत भएको जानकारी दिएका हुन्।
प्रधानमन्त्री शाह मंसिर ६ गते दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्ने कार्यक्रम छ। उनी मंसिर ७ गते स्वदेश फर्किने कार्यतालिका रहेको छ।

























