१ मंसिर, काठमाडौं । अर्घाखाँचीको शितगङ्गा नगरपालिका–ठाडादह क्षेत्रमा नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’ पहिलोपटक अभिलेख गरिएको छ।
डिभिजन वन कार्यालयका अनुसार यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा यो चरा भेटिएको अभिलेख थिएन।
‘स्पाइनी ब्याब्लर’ नामले चिनिने यो चरा घना झाडीमा लुकेर बस्ने भएकाले सहजै देख्न कठिन हुन्छ।
यसको उपस्थिति पुष्टि भएसँगै ठाडादहको जैविक विविधता, अनुसन्धान र पर्यापर्यटनको सम्भावना थप उजागर भएको छ।

























