काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५.९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
चीनको ग्वाङडोङका ४२ वर्षीय झाङ गुओकिङको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइएका दुई पोका फेला परेका हुन्।
उनी हङकङबाट काठमाडौं आएका थिए। भन्सार छली गरी पदार्थ ल्याएको आशंकामा पक्राउ परेका उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
























